काठमाण्डौ वैशाख १२ ,
सार्वजानिक यातायात भीत्र महिलामाथी यौन दुर्ब्यबहार हुने गरेका घटना नेपालका लागि नौला होइनन । तर दुइदिन अघि एउटा स्त्रीलम्पट केटाले बसभित्र महिलालाइ अत्तिनै गरेछ । पुतली सडक हुदै चल्ने नेपाल यातायात भित्र महिला माथी अतिनै दुर्ब्यबहार प्रयास गरेछ ।
पुतली सडकवाट बसमा चढेकी महिलालाइ पुरुषले नियतवस पछाडीबाट ठेल्ने, संवेदनशिल अंगमा छुने र वक्षस्थल समाप्ने सम्मका यौन दुव्यबहार गरेपछि महिलाले त्यो केटाको ‘केरा’ समातिदिएकी हुन ।
सोही बसमा यात्रा गरेकी अर्की महिलाले दिएको जानकारी अनुसार पुतली सडकवाट महिला भन्दा पछि बस चढेका उनले सुरु देखी नै दुर्ब्यबहार सुरु गरेका थिए ।
‘अति भएपछि बहिनिले ठीकै गरिन, महिलालाइ देख्नै नहुने लाज नभएका ।’, बसभीत्र महिला कराएपछि त्यो केटा थापागाउमा ओलिएर भागेको थियो । प्रहरीले महिला माथी यौन दुव्यबहार गर्ने नियतका साथपनि युवाहरु भिडभाड युक्त बसमा चढ्ने गरेको बताउछ ।
घरवाट निस्केदेखी नै यौन दुव्यबहार
सार्वजानिक यातायातमा महिनामाथी थौन दुव्यबहारका घटना बढेको स्वीकार गरेपनि प्रहरील कुनै एक्सन लिन सकेको छैन ।
महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा महिला सेलमा कार्यरत डिएस्पी गंगा पन्त सार्वजानिक यातायातमा महिला माथी दुर्ब्यबहारका घटना भयाभह बन्दै गएको नेपाली हेडलाइन्सलाई बताइन् ।
प्रहरीले पाकेटमारको निगरानीका लागि सादा पोसाकमा प्रहरी खटाउने गरेपनि महिलामाथी हिंसाका घटना कमगर्न कुनै पहल गरेको पाइदैन । सार्वजानिक यातायातभीत्र अश्लील शव्द नबोल्न र महिला हिंसा नगर्न प्रहरीले स्टीकर टासेपनि अभियानलाइ निरन्तरता दिन सकेन ।
विगतको तुलनामा राजधानीमा जनसंख्या बढ्दै गएपनि ठूला बस विस्थापन गरेर साना माइक्रोवस संचालन भइरहेका छन । साना माइक्रोमा भीडभाड हुने हुदा यौन दुराचारका घटना बढेका महिला अधिकारकर्मीहरु बताउछन ।
‘हाम्रा छोरी चेलीहरु घरवाट निस्केदेखी साझ घर नफर्किदा सम्म जोखिममा छन, समाजशास्त्री समिर गौतम भन्छन–समाज हिंसक बन्दैछ ।’
उनको भनाइमा महिलामाथी यौन दुव्यबहार बढ्नुमा महिलाका भड्कीला पोशाक एउटा कारण हुन ।
तर डिएस्पी पन्त महिलाले कस्तो कपडा लगाए भन्दापनि पुरुषले कन्ट्रोल गर्नसक्नुपर्ने बताउछिन । दुव्यबहारमा परेका महिलाले सार्वजानिक वेइज्जत हुने ठानेर दुर्ब्यबहारका घटना लुकाउने गरेको प्रहरीको भनाइ छ । डिएस्पी पन्त भन्छिन–‘महिलामाथी भइरहेका नयाँ खालका हिंसा रोक्न अभियान संचालन गर्न ढिला गर्नु हुदैन ।’