Israel News नेपाली नव बर्ष २०७० धमाका इज़रायलमा भव्यताका साथ सम्पन (फोटो फिचर)


तेलअभिव   चैत्र ०२,

इजरायलको तेलअभिव शहरमा संयोजक टिका पहाडीको संयोजकत्वमा शुक्रबार १२ अप्रिलका दिन  अत्यन्तै सोहार्दतापूर्ण वाताबरंमा  सम्पन्न उक्त कार्यक्रम सुरु देखि अन्त्य सम्म दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए  

इज़रायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाई र गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्व परिषद इजरायलका अध्यक्ष सुबाश खरेलले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए 

कार्यक्रमको सुरुवात मै जरायलमा कार्यरत गायक जीवनलामाको गीतबाट भएको थियो  शिव परियारले आफ्नो प्रस्तुति दिने बितिकै वान्स मोर ! वान्स मोर को स्वर गुन्जमान भएको थियो  शिव परियारले दर्शकलाई वार्म अप गरे पछी हेमन्त शर्माको सुमधुर स्वरले दर्शकलाई मन्त्र मुग्ध परेको थियो  घ्रेको चोली, चौबन्दी चोली अनि रातो फरिया जस्ता चर्चित गीत गाएर इन्दिरा जोशीले अन्तिम सम्म दर्शकलाई उफारेकी थिइन्  अन्य देशहरुको कर्यक्रममा भन्दा इजरायलमा महिला सहभागिता धेरै देखेर इन्दिरा जोशी गदगद थियिन

अहिले सम्मकै फरक प्रस्तुति रहेको उक्त कार्यक्रममा विशेष साउनड सिस्टम र प्रकाशको सहि प्रयोग गर्ने डी. जे. बिपिन तामाङ्गले कार्यक्रम स्तर बढाउन थप मद्दत पुर्याएका थिए  दिपक ओली र क्रिजल के. सी.ले संचालन गर्नु भएको कार्यक्रमको मुख्य आयोजक टिका पहाडी र सह आयोजक दिपक ओली र क्रिजल के. सी,बिपिन तामांग,केशव कार्की , सन्तोष पन्त,राज प्रसाई,अनन्त थापा, वर्षा पाण्डे ,र आर.के. प्रसाई रहनु भएको थियो 

प्रमुख अतिथि राजदूत लगायत उपस्थित दर्शकहरु ताली बजाउदै कार्यक्रमको मज्जा राती अबेरसम्म लिइ रहेका थिए  ११ बजे राती  प्रारम्भ भएको नव बर्ष धमाका सांगीतिक कार्यक्रम बिहान ४ बजे सम्म चलेको थियो  पेम्लो शेर्पा र रेश्मा लिम्बु अनि आर्या खड्काले कार्यक्रमको बिचमा नृत्य प्रस्तुत गरेर मनोरंजन प्रदान गरे 

नयाँ वर्ष २०७० को शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएका पाहुना, बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरु मिडिया कर्मी तथा सम्पूर्ण दर्शकलाई बिपिन तामाङ्गले स्वागत गर्नु भएको थियो भने, कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोग पुर्याएकोमा आयोजक टिका पहाडीले धन्यबाद व्यक्त गर्दै नव वर्षले सम्पूर्ण नेपालीलाई शान्ति र सम्वृद्धिको सुभकामना व्यक्त गर्नु भएका थिए 






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com