बैशाख १६,
बङ्गलादेशमा तयारी पोसाक कारखाना रहेका एक भवन भत्केको १०० घण्टापछि पनि आइतबार उद्धारकर्मीहरूले एक महिलाको रुवाइ सुनेपछि भग्नावशेषमा प्वाल पारी ती महिलाको उद्धार गरेका छन् भने उनीहरूले थप व्यक्तिलाई जिउँदै उद्धार गर्नसकिने आशा जगाएका छन् ।
यी महिलाको नाम सकिना बेगम रहेको र अग्निनियन्त्रकहरूले उनको आवाज सुनेको बताए । यी महिला रहेको स्थानमा अन्य तीन व्यक्तिलाई अर्धचेत अवस्थामा फेला पारिएको थियो ।
यी महिलालाई उद्धार गर्ने कार्यलाई बङ्गलादेशका निजी टेलिभिजन च्यानलले अपरान्ह प्रत्यक्ष प्रसारण गरेका थिए ।
यी महिलालाई सुरक्षित रूपमा उद्धार गरिएको थियो ।
राणा प्लाजा नाम गरेको उक्त आठ तले भवन बुधबार भत्केपछि आइतबारसम्म मर्नेको सङ्ख्या ३७५ पुगेको छ । यसबीच थप व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना भने कम हुँदै गएको छ ।
दुर्घटनास्थलबाट हालसम्म दुई हजार पाँचसय व्यक्तिलाई उद्धार गरिएको छ ।
आइतबार प्रहरीले उक्त भवनका मालिक सोहेल राणालाई पक्राउ गरेको छ ।
उक्त दुर्घटनामा कति व्यक्ति हराएका छन् भन्ने आधिकारिक तथ्याङ्क रहेको छैन । रासस/एएफपी
अन्य समाचार खोज्नुस... । एजेन्सी
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै