इजरायलमा विपिन तामाङ्को निर्देशनमा हिमाल सागरको गीत छायाङ्कन

तेलअभिव चैत्र १०,

 इजरायली भुमिमा आफ्नो कर्म क्षेत्र बनाउदै आउनुभएका विपिन तामाङले नेपाली गीत सङ्गीतमा टेवा दिने क्रममा इजरायलमै रहेर फेरि नेपाली सँगीत क्षेत्रमा एउटा ईँटा थप्ने काम गर्नुभएको छ । 

सँगीतको दुनियामा रमाउने श्रोताहरूका माझ गायक हिमाल सागरको एल्वम "त्यो दिन" मा समावेश मानस केसीको रचनाको "यो मर्म रेटी जानेलाई...." बोलको गीतमा भिडियो छायाँकन गर्नुभएको छ, भने उक्त भिडियोमा क्यामेरा तथा सम्पादन समेत निर्देशक विपिन तामाङ्कै रहेको छ । उक्त भिडियोको मोडलिङ्मा इजरायलमै कर्म क्षेत्र बनाइरहनुभएका कलाकारहरू हेम उप्रेती, आर्य खङ्का, सूर्य बस्याल र सुष्मा श्रेष्ठ रहनुभएको छ ।

इजरायलमा सबैका प्रिय बनेर रहनुभएका निर्देशक तामाङले अहिलेसम्म १२ वटा भन्दा बढि म्यूजिक भिडियो गरिसक्नुभएको छ । यसै क्रममा अन्य भिडियोहरू समेत गरिरहनुभएका तामाङ् आफ्नो दैनिक कार्यको वावजुद पनि नेपाली गीत सँगीत तथा समाजिक सेवाका क्षेत्रमा समेत लागिरहनुभएकत्र छ । यसरी अन्य क्षेत्रमा कसरी समय मिलाइरहनुभएको छ भन्ने हाम्रो प्रश्नमा निर्देशक तामाङले “बिषेशतः हप्तान्तको विदामा मौसमले साथ दिएको समय मिलाएर सुटिङ गर्दै आइरहेको छु । 

विशेष गरि इजरायलमा रहनुभएका सबै नेपालीपन र नेपाली मनहरूको मायाको कारण म यस क्षेत्रमा उत्प्ररित भएँ र आउँदा दिनहरूमा यसरी नै विशेष गरि इजरायलमा रहेका नेपालीहरू तथा विश्वभर छरिएर रहनुभएका नेपालीहरूको माया र साथ पाएमा अझै बढि व्यवस्थित बनाएर लैजाने छु, भन्नुभयो ।

अहिले छायाँकन भैरहेको दिपिका भुसालको रचना र मान्धवी त्रिपाठीको स्वरमा रहेको गीत "पीडा दिने निष्ठुरीले..", हरि मानन्धर “विवश”को रचना र निशा देशारको स्वरमा रहेको गजल "पलपल यादमा मर्छु हजुर..." र योगेन्द्र रार्इको शब्द सँगीत र स्वरमा रहेको गीत "आफु त सोझो मान्छे..." तथा अन्य सेलो गीतहरू छायाँकन भैसकेको र सम्पादनको काम भैरहेको निर्देशक विपिन तामाङले जानकारी गराउनुभयो ।

यस गीतमा चोखो प्रेमलाई नबुझ्नुको पीडा धोका समेत हुनसक्ने कथाबस्तुलाई छायाँकन मार्फत निर्देशक तामाङले श्रोताहरू माझ पस्कनुभएको छ । जस्को भिडियो प्रोमो तल हेर्नुहोस् । (खबरटाइम)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com