कविता, नेताको कालो कोट : By, कर्मसिङ्ग लामा




  यदि म पनि नेपाल को राजनीतिक नेता भएको भए ,
कालो कोट, अनि सूट-पेन्टमा चट्ट पर्थे होला ,
मैले पनि, सोझा-सिधा जनतामाथि, भ्रस्टाचार गर्ने भए
कालो कोट को पुरै खल्ती, पैसा-पैसाले भर्थे होला ..।।

बल्ल बुझे किन लगाउछन सधै  नेता ले कालो  कोट
कुनै दिन फेरी पनि जनता सामु माग्न आउला भोट
मैले पनि राजनीति गर्ने भए झुटो भाषण गर्थे होला
कालो कोटको पुरै खल्ती पैसा-पैसाले भर्थे होला


कर्मसिङ्ग लामा (निर्दोष )
रसुवा भोर्ले ४
हाल, दोहा कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com