लगानीको वातावरण बुझ्न मकाउ चेम्बर अफ कर्मसका अध्यक्ष नेपाल आउदै


काठमाण्डौ चैत्र १५,

मन बहादुर थापा : ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट प्रालिको पहलमा मकाउ चेम्बर अफ कर्मसका अध्यक्ष सहितको टोलि नेपालमा लगानी गर्ने वाताबरण बुझ्न आउने भएको छ । 

मकाउ चेम्बर अफ कमर्शको निमन्त्रणामा उसले आयोजना गरेको एक्जिविसन अवलोकनका क्रममा जिसिआईका अध्यक्ष देवमान हिराचन र मकाउ चेम्बर अफ कर्मसका अध्यक्ष बेनिटो सि से, बिच भएको कुराकानीमा उनिहरुले आँउदो सेप्टेम्बर महिनामा नेपाल आउने इक्षा व्यक्त गरेका हुन् ।

भेटघाटका क्रममा नेपालमा लगानी गर्ने वातावरण, जिसिआईले नेपालमा गरिरहेको काम र यसको उद्धेष्यका बारेमा छलफल भएको थियो । बिशेष गरि नेपालको कृषि, नविकरणिय र बैकल्पिक उर्जाको बिषयमा कसरि लगानी गर्ने भन्नेमा आफ्नो कुराकानी भएको हिराचनले बताउनुभयो । नेपालमा लगानी गर्न उनिहरु इच्छुक भएकाले कम्पनिले लगानिको वातावरण मिलाउन पहल गरिरहेको उहांले बताउनुभयो । 

आउंदो सेप्टेम्बरमा मकाउ चेम्बर अफ कर्मसका प्रतिनिधिले नेपालमा लगानी गर्ने वातावरणको बिषयमा भ्रमण गरिसकेपछि के मा लगानी गर्ने भन्ने कुरा प्रष्ट हुने जिसिआईले बताएको छ । ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट कम्पनीले हाल कृषि, रियल स्टेट, होटल तथा रिसोर्ट, सौर्यशक्ति एवं वायुवाट चल्ने विधुत र वाह्य मुलुकहरुसंग ब्यापार सञ्जाल बिस्तार गर्ने कार्य गरिरहेको छ । 

त्यसैगरि जिसिआईले कृषि क्षेत्र अन्तर्गत काठमाण्डौको रामकोटमा नमूना कृपि उत्पादन फर्म सुरु गरिसकेको छ । त्यसै गरि कम्पनिले जापानबाट पनि कृषि बिशेसज्ञ ल्याउने तयारी गरिरहेको कम्पनिका अध्यक्षले बताउनुभयो । नेपाललाई सम्पुर्ण रुपमा अर्गानिक उत्पादनको क्षेत्र बनाउने तयारिमा कम्पनि लागेको छ । उपत्यकाका ५० वटा अर्गानिक फर्मका किसानलाई लगानी गरेर अर्गानिक खेतिको प्रोत्साहन गर्ने अभियानमा जिसिआई लागेको कम्पनिले बताएको छ । यसका लागि कम्पनिले किसानलाई लगानि, प्रबिधि र बजारको सुबिधा दिने छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com