गजल : By, आरके थापा,



आफ्नै मान्छे आईदियछ , अनि भुलेउ मलाई । ।
हाँसो खुशी छाईदियछ , अनि भुलेउ मलाई । ।

तिमी मेरो धड्कन भन्दै , तिम्रै सामु उभियर ,
तिम्रै चर्चा गाईदियछ , अनि भुलेउ मलाई । ।

धोकेवाज यो संसारमा , तिम्लाई विस्वास गर्दै ,
माया प्रेम लाईदियछ , अनि भुलेउ मलाई । ।

क्षीतिजपारी तड्पियको , वैगुनी त्यो निस्ठुरिले ,
तिम्रै साथ धाईदियछ ,अनी भुलेउ मलाई । ।

तिम्ले उस्लाई बेहोसी भै , पिलायको सराब त्यो ,
मिठो मानी खाईदियछ , अनि भुलेउ मलाई । ।

आरके थापा,
बोच-दोलखा 
हाल साउदी अरब 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com