नेपालगन्ज, चैत ७,
नक्कली प्रमाणपत्र प्रस्तुत गरी जागिर खाएका तीन प्रहरीलाई सेवाबाट निलम्बन गरिएको छ। निलम्बन गरिएका प्रहरीहरुमा बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक देवेन्द्र कुँवर, प्रहरी सहायक निरीक्षक ताराबहादुर रेउले र प्युठानमा कार्यरत धनबहादुर पुन छन्।
भेरी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मधु पुडासैनीले प्रहरी निलम्बनमा परेको जानकारी गराएका हुन्। यसअघि पनि नक्कली शैक्षिक प्रमाणपत्र प्रस्तुत गरेका बाँके जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र शाह र माधव रिजाललाई सेवाबाट निलम्बन गरिएको थियो।
'प्रहरी प्रधान कार्यालयको निर्देशनमा पाँचै जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको हो'-वरिष्ठ प्रहरी उपरीक्षक पुडासैनीले भने। रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै