आफ्नै बसमा हुन्न रहेछ आफ्नै जिन्दगी ,
बेचिएर जिउनु पर्ने भयो जिन्दगी ,
यो जिन्दगी परदेशी भूमिमा भयो बन्दगी ,
घर छोडेर जान्न भन्थे गरिबीले खेदिहाल्यो,,
सम्झौतामा बाधिएर आफैलाई बेच्नु पर्यो ,
हास्न खोज्दा आँशुभित्र नै डुब्यो जिन्दगी ,
यो जिन्दगी परदेशी भूमिमा भयो बन्दगी ,
सागर पारी बादलभित्र घर मेरो छोपिन्छ ,
बिरानो ठाउँमा घाम लागे नि अध्यारो नै देखिन्छ ,
सधै भरि दोधारमा पर्यो जिन्दगी,
बेचिएर जिउनु पर्ने भयो जिन्दगी ,
यो जिन्दगी परदेशी भूमिमा भयो बन्दगी ,
आफ्नै बसमा हुन्न रहेछ आफ्नै जिन्दगी ,
बेचिएर जिउनु पर्ने भयो जिन्दगी ,
यो जिन्दगी परदेशी भूमिमा भयो बन्दगी !!!
विक्रान्त पहाडी
तनहुँ नेपाल, हाल युएइ