ए एन एस का पूर्व अधक्ष्य तथा समाजसेवी भट्टचन बर्षौ पश्च्यात बाबुको काज किरियामा

काठमाडौँ ,फागुन २१,

अमेरिका नेपाल सोसाईटी (समाज ) वाशिंगटन डिसी का पूर्व अधक्ष्य तथा समाजसेवी खेम भट्टचन आफ्नो पिताको देहवसान भएको करिब ३.५ बर्ष पश्च्यात मातृभूमि पुगी स्वर्गीय पिता शेर बहादुर भट्टचनको काज किरियामा ३ दिन काठमाडौँको बौद्धमा बसेका छन् 

बौद्धिक धार्मिक परम्परा अनुसार १०८ बत्ति बालि पुजा गरि उनि चोखिएका छन्  पिता बितेको करिब ३.५ बर्ष पुग्न लागेको समयमा नेपाल पुगी उक्त छोराले गर्नु पर्ने कर्तब्य निभाएका छन् झन्डै २० बर्ष अगाडी देखि विदेश जाकिएका भट्टचन धेरै बर्ष जापान र अमेरिकामा झन्डै एक दशक भन्दा ज्यादा समय बिताएका र जुन बेला अमेरिका नेपाल समाजका अधक्ष्य थिए त्यही बेला ठुलो उनु माथि प्रहार भयो तर अमेरिकाका जाकिएका भट्टचन अमेरिकाको लागि हरियो पत्र (ग्रिन कार्ड ) को लागि दरखास्त दिएका हुनाले बाबुको प्राण जादा पनि मुख सम्म हेर्न पाएनन 

भर्खर हरियो पत्र (ग्रिन कार्ड )आए पछि नेपाल पुगी सर्वप्रथम यो काम उनीले गरेका हुन्  यस्ता घटना थुप्रै नेपालीहरुले भोगेका छन् किनभने परिवार र भविश्यको निम्ति नेपालीहरु बाध्यता हुन्छन। नेपाल फर्के पछि पुन अमेरिका प्रवेश दिने नदिने दोधार हुन्छ र कैयौलाई अमेरिका आउन नदिएको पनि छ 


उनका पिता शेर बहादुर भारतीय शेनामा भर्ति भै द्वितीय बिश्व युद्धमा लडाई लडेका हुन् र २००७ सालको राणा बिरुद्धको क्रान्तिमा नेपाली कांग्रेसको शसस्त्र क्रान्तिको आब्हानमा भारतीय सैनिक जागिर छोडी घर नै नपुगी डा के आइ सिंह संग भेटि नेपालको शसस्त्र क्रान्तिका पहिलो छापामार बन्न पुग्ने अवसर पाएका थिए 

यसरि लडेर नेपाली कांग्रेसले गरेको क्रान्तिमा होमिएका र उनले गरेको योगदानको कदर शेर बहादुर भट्टचनले प्राप्त गरेनन । आफ्नो घर म्याग्दीमा ८२ बर्षको उमेरमा देह त्याग गरे  ेपाल आमाका एक बिर र बहादुर शेर बहादुर भट्टचन सदा सदाको लागि हामीबाट कहिले नफर्कने गरि यसरि बिलय भए 

 ओम शान्ति ! ओम शान्ति !!ओम शान्ति !!!

 विजय थापा
 भर्जिनिया ,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com