काठमाडौं, चैत ४,
बिना कारण अवैज्ञानिक ढङ्गले यातायातमा गरिएको भाडावृद्धि र दैनिक उपभोग्य वस्तु महँगिएको भन्दै सरोकारवालाले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।
एघार विद्यार्थी सङ्गठनले आयोजना गरेको 'यातायातमा भएको भाडावृद्धि, महँगी र जारी आन्दोलनसम्बन्धी' अन्तर्क्रियाका सहभागीले हालै यातायातमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।
कार्यक्रममा मानवअधिकारकर्मी सुदीप पाठकले अस्वभाविक रूपमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेको भन्दै मूल्य समायोजनका लागि सरकारलाई दबाब दिन ११ विद्यार्थी सङ्गठन उच्च मनोवलका साथ लाग्नुपर्ने सुझाव दिए।
उनले मुलुकको परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थी वर्गले बौद्धिक ढङ्गले आफ्ना सङ्घर्षका कार्यक्रम अघि बढाउन र शैक्षिक सुधारका लागि प्रभावकारी अभियान चलाइनुपर्ने खाँचो औंल्याए। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव रामचन्द्र सिङ्खडाले यातायातमा जबर्जस्ती गरिएको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेको भन्दै वैज्ञानिक भाडादर कायम गरिनुपर्ने बताए।
नागरिक न्यायीक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले हचुवाका भरमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेको भन्दै यातायातमा सडकदुरी निर्धारण गरी वैज्ञानिक भाडादर कायम गरिनुपर्ने बताए।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जीत कर्णले यातायातलगायत उपभोग्य क्षेत्रमा भएको महँगी नियन्त्रणका लागि शान्तिपूर्ण दबाबका कार्यक्रम गरिरहँदा पनि सुनुवाइ नभएको भन्दै तत्काल आफूहरूको माग सम्बोधन गरी यथाशीघ्र स्ववियु निर्वाचन घोषणा गर्न माग गरे।
अखिल (क्रान्तिकारी) का अध्यक्ष सरद रसाईलीले मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनेको भन्दै सडकखण्ड दुरी मापदण्डका आधारमा वैज्ञानिक ढङ्गले भाडा निर्धारण गर्न सरकारसमक्ष माग गरे। रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै