बोक्सीको आरोपमा दिसा पिसाब खुवाइयो

सप्तरी चैत्र ६

जनचेतना जगाउने खालका विभिन्न कार्यक्रम हुने गरे पनि अझै बोक्सीको आरोपमा महिलालाई यातना दिने चलन हटेको छैन । सप्तरीको देउरी गाविकी ४० वर्षीया तारादेवी तत्मालाई हालै बोक्सीको आरोपमा दिसा पिसाब घोलेर खुवाइएको थियो ।

उनलाई कुटपिट पनि गरिएको थियो । आफू अन्यायमा परेको भन्दै उनले मानव अधिकारवादी र सञ्चारकर्मीसित न्यायका लागि गुहार मागिरहेकी छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com