काठमाडौ, चैत ७ ,
आयोजक कमिटीको बैठकमा असन्तुष्ट पक्ष सहभागि नहुने :
आन्तरिक विवादमा फँसेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवादले थप उग्र रुप लिएको छ । आयोजक कमिटीका अध्यक्ष माधव ढुंगेलले सम्मेलन आयोजक कमिटीको बैठक आयोजना गरिएपछि विवादले थप उग्र रुप लिएको हो ।
सम्मेलन आयोजक कमिटी गठन एकपक्षीय र त्रुटिपूर्ण रुपमा गरिएको भन्दै असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । आयोजक कमिटीको बैठक बुधबारदेखि तीन दिनसम्म पोखरामा शुरु हुँदै छ ।
आयोजक कमिटीका अध्यक्ष माधव ढुंगेलले बुधबारदेखि बैठकमा असन्तुष्ट पक्षलाई पनि बोलाइएको बताए संगठनभित्रको विवाद आपसी छलफलबाट समाधान हुने भएकाले असन्तुष्ट नेताहरु पनि बैठकमा सहभागी हुने उनको दाबी छ।
तर असन्तुष्ट पक्षकी नेतृ राधिका खतिवडाले भने आफूहरु बैठकमा सहभागी नहुने बताइन् ।
पोखराको बैठक नरोकेमा आफूहरुले पनि छुट्टै भेला आयोजना गर्ने उनले बताइन् । पार्टीले गठन गरेको आयोजक कमिटी सच्याउन माग गर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले पार्टी कार्यालय बल्खुमा रिले अनसन गर्दै आएका छन् ।
अनेरास्ववियुभित्रको विवाद समाधान गर्न भन्दै पार्टीले गठन गरेको समितिले गएको फागुन १९ गते ढुंगेलको नेतृत्वमा एकसय ४१ सदस्यीय आयोजक कमिटी गठन गरेको थियो । तर पार्टीले तोकेको मापदण्ड विपरीत गुटगत ढंगले कमिटी गठन गरिएको असन्तुष्ट पक्षको आरोप छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै