रुकुमलाई केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प

रुकुम, फागुन २४,

गएराति १० बजेर ३४ मिनेटमा रुकुमलाई केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। सल्यानको दार्माकोट तथा रुकुमको नुवाकोट सिमाक्षेत्रको भागलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले केही घरमा क्षति भए पनि त्यसको विवरण आउन सकेको छैन।

गाउँमा टेलिफोनको समस्याका कारण सूचना सङ्कलनमा ढिलाइ भइहरेको बताइएकोछ। भूकम्पको क्षतिको प्रारम्भिक विवरणअनुसार खलङ्गा-२ स्थित सल्ले विमानस्थल सुरक्षार्थ खटेको नेपाल प्रहरी बसेको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

यसको साथै जिल्लाका दक्षिण पश्चिम गाविस नुवाकोट, खोलागाउँ, पुर्तिमकाँडाका अधिकासं घरहरू भूकम्पको कारण चर्किएका छन्। भूकम्पको धक्का छिमेकी जिल्ला सल्यान, जाजरकोट, दाङ, रोल्पा, गुल्मीमा महसुस गरिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com