विराटनगर, फागुन २४,
चिकित्सकको लापरबाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै विराटनगर-९ स्थित सुरक्षा अस्पतालमा आज तोडफोड हुनुका साथै तालाबन्दी गरिएको छ।
मोरङको दर्बेशाकी २२ वर्षीया शर्मिला कोइरालाको सो अस्पतालका चिकित्सकको लापरबाहीका कारणले मृत्यु भएको भन्दै आफन्तले अस्पतालका डा. रम्भा देवमाथि पनि हातपात गरेका छन्।
अस्पतालले तीन महिनाको गर्भवती रहेकी कोइरालाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ भने पीडित पक्षले चिकित्सकको लापर्वाहीबाट नै मृत्यु भएको आरोप लगाएका छन्। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै