रोकिराखेको बस भित्र दुई जना युवाले गरे युवतीको बलात्कार

नेपालगन्ज, फाल्गुन २९ ,

जे पाण्डे : घर जानलाई यातायातका साधन खोज्दै नेपालगन्ज स्थित बसपार्क पुगीकी एक युवतीलाई दुई जना युवाले रोकिराखेको बस भित्र लगेर बलात्कार गरेका छन् ।

नेपाल बन्दका बेला फाल्गुन २४ गते राति १० बजे तिर बस खोज्दै वसपार्क पुगेकी धनगढीकी २५ वरर्षीया युवतीलाई बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ना ४ ख ५३४ नंम्बरको वस भित्र लगरेर ज्यान लिने धम्की दिई सामुहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि फरार सुर्खेत मालारानी- ९ का रमेश भन्ने २२ वर्षीय रुपलाल डि.सी. र बाँके खासकुसुम- २ वस्ने १८ वर्षीय तिलक आचार्यलाई तीन दिन अघि पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई मुलुकी ऐन जबरजस्ती करणी महल अनुसार कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com