पोखरा, फागुन २७,
बुद्ध वाच वर्न इन नेपाल ‘एभरी वन ह्याच् बुद्ध इन साइट प्रे फर पिस’ भन्ने मुल लक्ष्यका साथ सम्पन्न भएको थ्री डी फेसन सो कार्यक्रमले पछिल्लो समयमा केही भारतीय सञ्चारमाध्यम र भारतले भगवान गौतम बुद्ध भारतमा जन्मेको झुटो प्रचार गरिरहेकोले यो कार्यक्रमबाट बुद्ध हाम्रो देश नेपालमा नै जन्मेका हुन् भन्ने राम्रो सन्देश दिएको व्लु कार्पेटका अर्गनाइजरले बताए ।
लुम्बिनी गेटमा भएको सो कार्यक्रममा उपस्थित लुम्बिनीका पर्यटन व्यवसायी मिथुन श्रेष्ठ भन्दछन्–‘थ्री डी फेसन सो कार्यक्रमले धार्मिक आस्था र सकरात्मक सन्देश प्रवाह गर्दै फेसन सो कार्यक्रममा दर्शकहरु प्रभावित भएका थिए ।’
त्यस्तै लामो समयदेखि बौद्ध सम्बन्धी डकुमेन्ट्री बनाउदै आएका चेतन पन्तले ड्रेस र ड्रामाले यस्तो महत्वपूर्ण ऐतिहासिक कुराको हुवहु देखाउन सक्नु नै ठूलो उपलव्धीका रुपमा लिएको छु ।
यस थ्री डी फेसन सो देशविदेशमा समेत देखाउने हो भने कुनै पनि राष्ट्रले लुम्बिनीको नक्कल गरेर बनाउँदैमा भगवान बुद्ध विदेशी भुमिमा जम्मेका हुन् भनेर गर्ने झुटो प्रचारको पर्दाफास हुने बताए ।
लुम्बिनीमा लामो समयदेखि पर्यटन व्यवसायी गर्दै आएका गोविन्द ज्ञवालीले लुम्बिनीमा बौद्ध धर्मसँग सम्बन्धित कति धेरै डकुमेन्ट्री, विविध कार्यक्रमहरु भए तर साँच्चिकै बुद्धको सन्देश दिने कार्यक्रम थ्री डी फेसन सोले दिएको बताए । यस्ता प्रकारको कार्यक्रमलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने बताए ।
१३ जना मोडल तथा एकजना बालकलाकारको प्रस्तुति रहेको थ्रिडी अर्थात् ड्रेस डिजाइन ड्रामाको आयोजनाले मुख्यत शान्ती नै आजको आवश्यकता रहेको सन्देशका साथै पोखरा र लुम्बिनीको पर्यटक प्रर्वद्धनमा ठूलो सहयोग पुग्ने आशा लिएर गरेको यस कार्यक्रमलाई लुम्बिनीबासीले अत्यन्त रुचाएको हुदा अझै बढी हौसला मिलेको ब्लु कार्पेट इभेन्ट म्यानेज्मेन्टले बताए ।
यसअघि व्लु कार्पेट इभेन्ट मेनेज्मेन्टको टिम फागुन २५ गते ड्रमेटिक फेसन सो कार्यक्रमका लागि शुक्रबार पोखराबाट ब्लु कार्पेटको टिम विपी चोक चिप्लेढुङ्गामा एक कार्यक्रम गरी लुम्बिनी तर्फ प्रस्थान गरेको थियो ।
आर.के.जी. कन्टक्र्सन पोखराको प्रमुख सहयोगमा गरिएको थ्रिडी फेसन सो कार्यक्रममा लुम्बिनी गेष्ट हाउस, लुम्बिनी विकास कोष, लुम्बिनी होटल तथा व्यवसायी संघ, सिद्धार्थ होटल तथा व्यवसायी संघ र मायादेवी गेष्ट हाउस लगायतका संघसस्थाको सहयोग रहेको थियो। (डन न्यूज)