इज़रयाल्मा फागु पुर्णिमा (होलि)
तेलअभिव चैत्र १८ ,
नारीदर्पण डटकम : प्रेम, सद-भाव, खुशीका साथ् मनाइने रङ्गहरूको पर्व होलि ( फागु पुर्णिमा) इज़रयाल्मा कार्यरत नेपालीहरुले पनि आ-आफ्नै तरिकाले मनाए । श्री सत्य साइ सेन्टर इज़रयाल्ले फागु प्रुनिमा (होलि) भव्यताका साथ् एक-आपसमा मनाएका छन् ।
कामको प्रवृतिले गर्दा गए हप्ता नै मनाउनु पर्ने होलि हिजो शनिबार मनाएका थिए । साइ केन्द्रमा हुने हरेक हप्ताको साइभजन किरण गरि उपस्थित सम्पूर्णले सद्भावका साथ् एक-अर्कामा होलीको सप्तरंगी रंगका खेल्दै खुशियाका साथ् शुभ-कामना आदान-प्रदान गरेका थिए ।
सत्य साइ केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा साप्ताहित छुट्टी हुने र महिनौ पछि छुट्टी आउने सम्पूर्ण साथि भाइ सँगको भेटघाट अनि होलीको रंगमा रम्न पाउँदा उनीहरु निकै दंग देखिन्थे। इज़रायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रम निकै सानदार रुपमा सम्पन्न भएको थियो।
साइ सेन्टरकी अध्यक्ष नेहा गुरुङका अनुसार शनिबार होलीको रंगमा आफु मात्र रमेनन तेल अभिव देखि नजिकै रहेको समुद्र तटमा पुगी स्थानिय व्यक्तिहरुका माझ पनि रमेका थिए ।