बोस्टनमा १०२ औ अन्तर राष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न

विजय थापा ,भर्जिनिया , 

विजय थापा : अमेरिका अमेरिका ,बोस्टन ,मार्च ९ ,२०१३ का दिन नेपाली महिला आवाज तथा नेपाली महिला विश्व संजाल(एन डब्लु जी एन ) को सयुक्त आयोजनामा १०२ औ अन्तर राष्ट्रिय महिला दिवस भव्यताका साथ बोस्टनमा सम्पन्न गरियो  बोस्टनमा नेपाली समुदायमा पहिलो पटक महिला दिवस मनाईएको छ  महिला दिवसको मुख्य नारा '' हेरचाह र सहभागी रहनु 'अर्थात् केयारिंग र शेरिंग रहेको थियो  

कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गीतबाट सुरु गरिएको थियो भने नेपाली महिला आवाज कि संस्थापक सदश्य डा उषा शर्माले पांच जना संस्थापकहरुको परिचय गराउनु भएको थियो  उक्त कार्यक्रममा नेपाली महिला विश्व संजाल(एन डब्लु जी एन )कि बोस्टन शाखाकी उपाधक्ष्य तथा कवियत्री भारती गौतमले सबैलाई स्वागत गर्नु भएको थियो भने (एन डब्लु जी एन )कि अधक्ष्य रुकमणि कार्कीले कार्यक्रमको उदेश्य र महत्वबारे माथि प्रकाश पर्नु भएको थियो  

उक्त कार्यक्रममा विश्व कै उत्कृष्ठ हार्वर्ड बिश्व विद्यालयका प्राध्यापक शिव गौतम तथा बोस्टन स्थित पशुपति प्रतिस्ठान सामुदायिक केन्द्रका अधक्ष्य बिष्णु मणि आचार्यले बोस्टनमा यस्ता महिलाहरु रहकोमा गर्व गर्दै समाजमा महिलाहरुको सफलताको लागि पुरुषले अधिक समर्थन र सहयोगको आवश्यक पर्ने हुनाले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो  अर्का प्रस्तोता तथा सु -परिचित समाजसेवी तथा एड्वनकि संस्थापक बिष्णु माया परियारले अमेरिकामा महिलाहरुमा हुने घरेलु हिंसाको बारेमा सत्य घटना र अन्य जानकारी गराएकी थिइन  

बिष्णु माया परियार एक घरेलु हिंसा सामाजिक कार्यकर्ता पनि भएकोले कैयौ पिडितहरुलाई पुनर्स्थापन गर्न आफुले अहम भूमिका खेलेको र सहयोग गरेको बारे चर्चा गरेकी थिइन lउनीले अमेरिकामा अस्थाई रुपमा संगै एक छत मुनि बसोबास गर्ने पति पत्नी या अबिबाहित जोडीहरुमा प्रसस्त घरेलु हिंसा पाईएको जानकरी गराईन  बाह्य मुलुकबाट आएका महिलाहरुले अमेरिकाको नागरिक प्राप्त नहुन्जेल सम्म असह्य पिडा र कष्ठ खपी पनि दिनचर्या चलाई रहेका छन् भन्दै यसको मुख्य कारण जोडी या लोग्नेले भौतिक क्षति गर्दा छिमेकि या कसैले प्रहरीलाई उजुरी गरि दिए अमेरिकामा फन्दामा परिने डरले पुरष जातिले महिलालाई अत्यधिक मानसिक तनाब दिने गरेको जानकारी गराईन  

महिलाहरु पनि लोग्ने या जोडीको ज्यादती प्रहरीमा उजुरी गरि दियो भने हरियो पत्र खोसी स्वदेश फर्काइ दिन्छ भने डर तथा भयको कारण घरेलु हिंसा बढ्दै गएको जानकारी गराईन  हालसालै अमेरिकाक राष्ट्रपति बाराक ओबामाले एक ऐतिहसिक महिला हिंसा सम्बधिमा हस्ताक्षर गरि यस्ता आप्रवासनमा रहेका महिलाहरुको पक्षमा पनि दह्रो कानुन बनेको र घरेलु हिंसाबाट पिडितलाई स्वदेश फर्काउनुको बदला झन् शिघ्र स्थाईको बसोबास गरिने व्यवस्थाको चाजो मिलाउने नीतिको घोषणाले फाईदा पुग्ने छ 


कार्यक्रम संचालक डा उषा शर्माले गर्नु भएको थियो वहा लै नै कार्यक्रम उपस्थित हुने सबैलाई धन्यबाद ज्ञापन पनि गर्नु भएको थियो  । डा मिना सिंह खडाले वक्ताहरुको छोटो परिचय दिदै नेपाली समुदायमा पनि यस्तो घरेलु हिंसामा महिला दिदि बहिनिहरु सिकार भै रहेका छन् भन्नु भयो कार्यक्रममा उत्साह र हौसला जगाउन नृत्य ,गीत तथा कविता वचन समेतको समिश्रण गरिदै कार्यक्रम समापन गरिएको थियो 

कार्यक्रममा प्रतक्ष्य तथा परोक्ष सहयोग गर्नु हुने समाजसेवी ,संघ तथा संस्थाका पदाधिकारीहरुमा जी एन बि सीका अधक्ष्य मिलन गुरुङ लगायतलाई आयोजकको तर्फबाट कृतज्ञता प्रदान गरिएको थियो  यो कार्यक्रमको लागि स्वयम् सेवक रुपमा अक्सना क्षेत्री तथा सुरेंका थापाले दर्तामा उल्लेखनीय सहयोग पुर्याउनु भएको थियो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com