संसारको सबभन्दा ठूलो अन्डाको लिलाममा

लन्डन चैत्र १६ ,

लन्डनको क्रिस्टिमा संसारको सबभन्दा ठूलो अन्डाको लिलामी भइरहेको छ । आउँदो २४ अपि्रलमा निलामीमा राखिने यो दुर्लभ अन्डा कम्तीमा पनि ३० हजार पाउण्ड (झन्डै ३९ लाख ९० हजार नेपाली रुपैयाँ) मा बिक्री हुने अड्कल काटिएको छ ।

चौथो शताब्दीको सेरोफेरोमा माडागास्करको विशाल चरा 'एलिफेन्ट वर्ड' ले यो फूल पारेको मानिँदै आएको छ । कुखुराको सामान्य अन्डाभन्दा यो सय गुणा ठूलो छ । यसभित्र कुखुराको १ सय २० सामान्य अन्डा अट्न सक्छन् । यो ३० सेन्टिपमटर अग्लो र २१ सेन्टिपमटर चौडा छ । यसले रुग्बी बलको आकारलाई पनि चुनौती दिदै आएको छ ।

पुरातत्त्वविद्ले विसौं शताब्दीको वरिपरि यसको खोज गरेका थिए । निरन्तर सिकारका कारणले विशालकाय पन्छीको यो प्रजाति १३ देखि १७ शताब्दीबीच लोप भइसकेको थियो । यसको वैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।

'यो अहिलेसम्मकै सबभन्दा ठूलो अन्डा हो, यो डायनोसरको अन्डाभन्दा ठूलो छ,' विज्ञानका जानकार जेम्स हिस्लाप भन्छन्, 'यसबाट एउटा निकै ठूलो अमलेट बन्न सक्छ ।' कुनै पनि अन्डा यतिको राम्रो स्थितिमा भेटिनु दुर्लभ मानिने उनी बताउँछन् । धेरैले किन्ने चासो देखाएपछि यसको निलामीको योजना बनेको हो ।(एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com