नयाँदिल्ली चैत्र २ ,
भारतमा सहमतिले कायम हुने युवतीको यौनसम्बन्धको उमेरलाई १६ वर्ष कायम गर्ने मन्त्रिमण्डलले सहमति दिएको छ । पहिले यो उमेर १८ वर्ष थियो । केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमको नेतृत्ववाला मन्त्रिमण्डल समूह -जीओएम) ले आफ्ना सदस्यबाट उठाइएका धेरैजसो आपत्तिहरूको उपेक्षा गरेको छ ।
उक्त समूहले तयार गरेको मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिमण्डलसमक्ष प्रस्तुत गरिँदै छ । यो विधेयकमा महिलाको निजी जीवनमा चियाउने र पिछा गर्ने कार्यलाई गैरजमानती अपराधको श्रेणीमा राखिएको छ । यो बुँदामा विपक्षी दलले चर्को विरोध गरे पनि सरकारले उपेक्षा गरेको छ ।
यो समूहले 'यौन आक्रमण' को ठाउँमा 'बलात्कार' शब्दको प्रयोग गर्ने सहमति दिएको छ । तर, झूटो उजुरी दर्ता गर्नेविरुद्ध गरिएको सजायको मागलाई अस्वीकार गरिएको छ । यस दिशामा कानुनको दुरुपयोग हुन सक्ने विभिन्न दलका नेताहरूले आशंका व्यक्त गरेका छन् ।
सरकारले दलको राय जान्न र सहमति बनाउन सर्वदलीय बैठकको पनि आह्वान गरेको छ । मतभेदका कारण दुईपटक पारित हुन नसकेको यो विधेयकमा लालमोहर लाग्ने सम्भावना बढी छ ।(एजेन्सीहरू)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै