सौन्दर्य प्रतियोगिताहरूको भीडमा मिस डिभा-२०१३

 काठमान्डू फागुन २६,

सौन्दर्य प्रतियोगिताहरूको भीडमा यसै वर्षदेखि मिस डिभा-२०१३ पनि थपिएको छ। प्रतियोगिताका लागि अघिल्लो बिहीबार काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ। सोल्टि होटलमा सञ्चालित अडिसनमा ३८ जना युवती सहभागी भए। 

अडिसनमा २७ जना युवती छनौट भएको आयोजक बियोन्ड इभेन्ट्स एन्ड इन्टरटेन्मेन्टले जनाएको छ। अडिसनमा नायिका बेनिशा हमाल, फेसन डिजाइनर कान्ता क्षेत्री तथा समाजसेवी रमण नेपाली निर्णायक थिए। चैत १ गतेदेखि प्रशिक्षण प्रारम्भ हुने यो प्रतियोगिताका लागि गत बुधवार चितवनमा दोस्रो अडिसन सम्पन्न भएको छ। 

तेस्रो अडिसन भोलि शनिवार धरानमा हुनेछ भने अन्तिम अडिसन काभ्रेमा हुनेछ। निर्णायक प्रतियोगितामा ३० जना युवती सहभागी हुनेछन्। प्रतियोगितामा १७ दे खि २३ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन सक्नेछन्। 

आगामी वैशाखको पहिलो साता हुने निर्णायक प्रतियोगितामार्फत मिस डिभा-२०१३ को छनौट गरिनेछ। साप्ताहिक मिस डिभा-२०१३ को अफिसियल मिडिया हो। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com