शिक्षकले यातना दिएपछि ६८ जना बिद्यार्थी भागे


 फागुन २१,

शिक्षक बाटै दुर्ब्यबहार भएको भन्दै बाइस जिल्लाका ६८ जना बिद्यार्थी कास्कीको लुम्ले बालमन्दिरबाट भागेर पोखरा आएका छन ।

बाल मन्दिर सामुदायिक माध्यमिक विद्यालय लुम्ले गाविसमा रहेको सरकारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरु आफूमाथि चरम मानसिक यातना र असुरक्षा भएको भन्दै न्याय खोज्दै पोखरामा ।

सरकारी छात्रवृत्तिमा अध्ययनरत झण्डै ७० जना विद्यार्थीहरु यतिबेला पोखराकोको नगर प्रशिक्षण केन्द्रमा बसिरहेका छन् । ती विद्यार्थीहरु हिजो अबेर राती त्यहाँ आईपुगेका हुन् ।

प्रशिक्षण केन्द्रको आवास गृहमा बसेका ती विद्यार्थीहरुलाई आज जिल्ला शिक्षा कार्यालय कास्कीले विहानको खाना समेत खुवाएको छ । विहान सोही विद्यालयको केही शिक्षकहरु त्यहाँ आउँदा विद्यार्थीहरुले लखेटी दिएका छन् । यस घटनाका विषयमा थप समाचार हामी पछि दिनेछौं ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com