जापान फेयर इन नेपाल-२०१३ आजदेखि भृकुटीमण्डपमा

काठमाडौं, चैत १६,

जापान पढ्न जान चाहने नेपाली विद्यार्थी र तिनका अभिभावकलाई जापानबारे जापानीहरूबाटै जानकारी दिन जापान फेयर इन नेपाल-२०१३ आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु गरिएको छ। 

नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट कमिटीद्वारा आयोजित सो दुईदिने प्रदर्शनीमा जापानका विभिन्न ३० विश्वविद्यालय, भाषा विद्यालय तथा अन्य विद्यालयबारे जानकारी दिइने कार्यक्रम रहेको छ। प्रदर्शनीमा नेपालबाट जापान अध्ययनका लागि पठाउने विभिन्न परामर्शदाताको सहभागिता रहेको छ।

प्रदर्शनीका संयोजक जितराम लामा र नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट कमिटीका अध्यक्ष टङ्कलाल घिसिङले नेपाल-जापानबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा विकास गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com