बैतडी, फाल्गुन २४ ,
एसएलसी परीक्षा दिँदै गरेकी छात्रालाई सामूहिक बलात्कार गरेको घटनामा दोषी ठहरिएका दुई युवालाई जिल्ला अदालतले १३ वर्ष कैद सजाय सुनाएको छ । गत वर्ष पाटनको श्रीकृष्ण उच्च मावि केन्द्रबाट एसएलसीमा सामेल १७ वषर्ीया छात्रालाई चैत ९ गते उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।
पाटन बजारमा व्यापार गर्दै आएका भूमेश्वर ३ का सागर भट्ट र गुजर २ का अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए । जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले मंगलबार १३ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
चाँदनी फोटो स्टुडियोका सञ्चालक अवस्थी र जगन्नाथ पुस्तक पसलका सञ्चालक भट्टले छात्रालाई पसलभित्र लगेर बलात्कार गरेको आरोप थियो । बलात्कृत छात्राको केही महिना मानसिक सन्तुलन बिगि्रएकाले क्षतिपूर्तिको समेत माग गरिएको थियो ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले छात्राका कपडा परीक्षणबाट बलात्कार गरेको प्रमाणित गरेकोे थियो । पसलमा पुस्तक किन्न गएकी छात्रालाई फोटो स्टुडियोको सुत्ने कोठाभित्र लगेर जबर्जस्ती गर्दै बलात्कार गरेको अनुसन्धानमा देखिएको हो । सामूहिक बलात्कारपछि मानसिक असन्तुलन भएकी छात्राको ललितपुरस्थित मानसिक अस्पतालमा उपचार भएको थियो । (इकान्तिपुर)