काठमाडौँ, चैत ४ ,
विदेश जान्छु भन्दै घरबाट निस्किएकी इलाम साङरूम्वा-८ की २३ वर्षीया नीरमाया तामाङ बेपत्ता भएकी छिन्।
गहुँगोरो वर्णकी तामाङ शुक्रबार दिउँसोबाट हराएकी उनका श्रीमान् टीकाराम तामाङले बताए।
चिट्ठी लेखेर बेपत्ता भएकी श्रीमती खोजी दिन श्रीमानले प्रहरीलाई अनुरोध गरेका छन्। 'म साउदी अरब गएँ, मलाई खोज्ने प्रयास नगर्नु होला' भनेर चिट्ठीमा लेखिएको टीकारामले जानकारी दिए।
घर सल्लाह नै नगरी दुई छोरा छोरीलाई छाडेर उनी बेपत्ता भएको र अहिलेसम्म कहीँ खबर गर्दासमेत नभेटिएको उनको भनाइ छ। नीरमायाका साथीभाइ, आफन्त र माइतीमा पनि सम्पर्क गर्यौँब तर कतै फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ। रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै