झापामा फेरि सामूहिक बलात्कार

भद्रपुर, फागुन २६ ,

तीन महिना नबित्दै झापामा फेरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। हिजो साँझ ६:३० बजे झापाको एक गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।

बलात्कारको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा शरणामती गाविस-५ का वीरबहादुर विक, लालबहादुर विक छन् भने फौजे विक फरार छन्।

बलात्कारको अभियोगमा पक्राउ पर्नेहरू २६ वर्षदेखि २८ वर्षका रहेका र उनीहरू विवाहित रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार चकचकीमा मादक पदार्थ सेवन गरी उनीहरूले शरणामती-१ स्थित बिरिङ खोलामा ती किशोरीको सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक मोहन शर्माले बताए ।

ती किशोरीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ। यसअघि दमकस्थित चिया बगान नजिकबाट आफ्ना साथीसँग रहेकी एक युवतीलाई जबर्जस्ती अपहरण गरी गत पुस १८ गते सामूहिक बलात्कार गरिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com