भट्टचन पत्रकार सम्मेलन पोखरामा

अमेरिका भर्जिनिया चैत ११,

विजय थापा : अमेरिका वाशिंगटन डिसी महानगरका समाज सेवी तथा पत्रकार खेम भट्टचन अमेरिकाबाट प्रतिनिधित्व गर्दै पोखरामा भै रहेको नेपाल पत्रकार महासंघको सम्मेलनमा सहभागी भएका छन् । वादका कारण स्थगित हुन् पुगेको बन्दसत्र पुनः सुरु भएको छ । 

कास्कीको पोखराको दिपेन्द्र सभागृहमा बिहान ९ बजेदेखि सुरु बन्दसत्रमा प्रेस यूनियन र चौतारीमा आबद्ध पत्रकारले नारावाजी गरेपछि बन्दसत्र स्थगित गुर्नपरेको थियो । बेलायती सरकारले दिएको ठुलो रकम अनिमियता भएको बिषयलाई लिएर ठुलो विवादको भुमरीमा फसेको छ भनि सम्मेलनमा सहभागी भएका भट्टचनले सम्मेलन स्थलबाटै जानकारी गराएका छन् । 

‘संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक संविधान, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने नारा सहित शुक्रबारदेखि साधारणसभा शुरु भएको थियो । प्रमुख न्यायाधिसले समुद्घाटन गर्नु भएको सो सम्मेलनमा पत्रकारहरुले आफ्नो परिचय दिने क्रममा भट्टचनले वाशिंगटन डिसीवाट संचालित ईनेपालिज़ डटकमको तर्फबाट कार्यकारी सम्पादक तथा डिसी नेपाल डटकमको तर्फबाट अतिथि सम्पादकको परिचय दिएको जानकारी गराएका छन् । 

भट्टचन समय समयमा कलम चलाउन मन पराउछन भने अमेरिकावाट पुग्ने पत्रकार बनेका छन् भने जापान ,कतार ,मलेसिया ,हंगकंग आदि देशवाट उक्त सम्मेलनमा प्रतिनिधिहरु सहभागी भएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com