अबुधावीमा वनभोज कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, दुबई, युएई

विदेशको भूमिमा पनि शुक्रबारे सार्वजनिक विदाको दिनलाई सदुयोपक गर्दै भाइचाराको सद्भाव राख्दै सेलरोटी, आलुको अचारका साथै विभिन्न नेपाली परिकारका खानाहरुको स्वादसंगै नेपाली लोक संगीतका साथ वनभोज कार्यक्रम सम्पन्न गरेको छ । उक्त वनभोज कार्यक्रम मगर संघ युएईको अबुधावी क्षेत्रीय समितिको आयोजनामा गत २२ मार्च शुक्रबारका दिन अबुधावीको मुसाफा पार्कमा गरेको हो । 

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापाको प्रमख आतिथ्यता र मगर संघ युएईको अबुधावी क्षेत्रीय समितिका अध्यक्ष सोमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको वनभो ज कार्यक्रममा अन्य अतिथिहरुको रुपमा अध्यक्ष नुनप्रसाद सो मै, भेरी युवा समाज युएईका अध्यक्ष मोहननाथ योगी, ने पाली जनसम्पर्क समिति युएईका कोषाध्यक्ष गुन्जमान गुरुङ, मगर संघ युएईका भु.पू.अध्यक्ष हरिबहादुर घर्ती मगर, तमु समाज युएईका भु.पू. अध्यक्ष राजु गुरुङ, समाजसेवी कृष्ण भुसाल र ने पाली जनसम्पर्क समिति युएईका सहमहामन्त्री चन्द्रबिक्रम सारु र हनु भएको थियो ।


अबुधावीको समुन्द्रको किनारमा रहेको हरियो सुन्दर पार्कमा ने पालीहरुको चहल पहलले निकै मौलिकता झल्किएको थियो भने नेपाली गीत संगीत, सेलरोटी र अचारले अझै सुनमा सुगन्ध थपिदिएको थियो । सेलरोटी, अचार र खानाहरु बनाउनेहरुमा रि जन थापा, मेघ थापा, सीता थापा र विमला श्रेष्ठको बिशेष भूमिका र हेका छन् । ड्यूटीको बावजुद पनि लगभग २५० जनालाई खानाको व्यावस्था गरिएको थियो । यसपालि आयोजक समितिले वनभोज कार्यक्रमलाई राम्रो व्यावस्थापन गरेका थिए । 

गत महिना २२ फेब्रुअरीका दिन दुबईमा भएको ३१ औं मगर दिवसको अवसरमा भूमिका खेल्ने कलाकार आशिका पुलामी मगर, किरण र ाना मगर र एकु दर्लामी मगरलाई प्रशंसा–पत्र क्रमशः गिरमान थापा, नुनप्रसाद सोमै र हरिबहादुर घर्तीको हातबाट प्रदान गरिएको थियो । वनभोज कार्यक्रमको अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा हरि बहादुर घर्ती मगर, कमल डंगाल, भरत राना मगर, नुनप्रसाद सोमै र गिरमान थापा रहेका थिए भने औपचारिक कार्यक्रमलाई सचिव सुरेन्द्र रोकाले संचालन गरेका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com