समचार, समाचार संकलन र समाचार लेखन विषयमा तालिम सम्पन्न (फोटो सहित )

 दुबई, १७ मार्च

निमाकान्त पाण्डे : नेपाल पत्रकार महासंघ यूएई शाखाले समाचार, समाचार संकलन र समाचार लेखन विषयमा एकदिने सरल पत्रकारिता तालिम गत शुक्रबार १५ मार्च २०१३ का दिन बरदुबईको शिन्ध पञ्जाब होटलमा सम्पन्न गरेको छ ।

शाखाले नेपाली पत्रकारितामा इच्छुक व्यक्तिलाई समचारको परिभाषा, समाचार संकलन गर्ने र समाचार लेख्न सिकाउने तथा पत्रकारिता गरिरहेका व्यक्तिको समचार लेखनमा विकास गर्ने उद्देश्यकासाथ उक्त तालिम सम्पन्न गरेको हो ।

शाखाका अध्यक्ष अर्जुन दाहालले समचारको परिभाषा, सरलता, संवाद, भाषा शैली, समाचार संकलन गर्ने उपाय, समाचारका श्रोत, संवाददाता, संवाददातामा हुनुपर्ने गुणहरू, समाचार लेखन शैली, लेखन प्रक्रिया, समाचारको बनौट, आदि विषयमा स्लाइड सोमार्फत् तालिम दिएका थिए ।


विदेशको कानुनी परिधिभित्र रहेर नेपालीहरूका गतिविधिलाई २१ औं शताब्दीमा छिटो छरितो, पाठकको अभिरुचि अनुसारको समाचार, सत्यतथ्य जानकारी, सन्तुलन तथा विश्वासनियता सहित सरल पत्रकारिता र समचारको नमूनाको बारेमा तालिममा बताइएको थियो ।

करिब डेढ दर्जन प्रशिक्षार्थीको जिज्ञासाको उत्तरका साथ सम्पन्न तालिममा शाखाका उपाध्यक्ष एवं तालिम संयोजक भुपराज बस्यालले सहभागीकालाई स्वागत गरेका थिए ।






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com