इज़रायल बाट HIV-संक्रमित बेबी लाइफ होम' बालगृहलाइ सहयोग हस्तान्तरण
काठमाण्डौ माघ २५,
इज़रायल बाट HIV-संक्रमित बेबी लाइफ होम' बालगृहलाइ पत्रकार रबिन्द्र मिश्रको हात द्वारा रकम हस्तान्तरण भयो उहाँकै पुस्तक 'खान पुगोस्, दिन पुगोस्' , कर्ण शाक्यको 'सोच' जगदीश घिमिरेको "सकस "विक्री गरेर जम्मा गरेको रू ५० हजार २० रूपैयां गर्न किर्तिपुरको भत्केपाटीस्थित HIV-संक्रमित १० जना ३ बर्षदेखि ११ वर्षसम्मका बालबालिका राखिएको गरिएको थियो |
______ हाम्रो यस अभियानमा जसले यो पुस्तक किनेर र स्वतस्फुर्त सहयोग गरिदिनु वास्तविक सहयोगी उहाँहरु हुनहुन्छ र हामी ६ जना साथीहरु [जगन कार्की ,सन्तोष सिवाकोटी ,श्याम सुबेदी, दीप किरण ,यासिन राई र नबराज आचार्य } को सबैजनाको एउटा सामुहिक अभियान हो, रबिन्द्र सरले उहाको व्यस्तताको बाबजुदपनि हामीले पठाएको सानो सहयोगलाई त्यहाँ सम्म गएर हस्तान्तरण गर्दिनु भो उहाँलाई धन्यवाद दिन चाहन्छौ र हामीलाई यो अभियानमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभारी ब्यक्त गर्न चाहन्छौं |
आज पत्रकार रबिन्द्र मिश्रले लेख्नु भएको स्टाटस जस्ताको तस्तै....यहाँ .....
यो कथा शुरु गरेर कहां अन्त गरुं मैले…
(कृपया, कृपया यो स्टेटश पुरै पढीदिनुहोला त्यसपछि तपाईं श्यर नगरी रहनै सक्नुहुने छैन)
आज म इजरेल निवासी एकजना अत्यन्त मनकारी/परोपकारी फेसबुक मित्र नबराज आचार्यले मेरो पुस्तक 'खान पुगोस्, दिन पुगोस्' , कर्ण शाक्यको 'सोच' अनि जगदीश घिमिरेको "सकस" विक्री गरेर जम्मा गरेको रू ५० हजार २० रूपैयां हष्तान्तरण गर्न किर्तिपुरको भत्केपाटीस्थित HIV-संक्रमित १० जना ३ बर्षदेखि ११ वर्षसम्मका बालबालिका राखिएको 'बेबी लाइफ होम' बालगृह पुगेको थिएं।
रुकुमबाट काठमाडौं झरेर शिक्षक बनेका राजकुमार पुन (चित्रमा बायां) र काठमाडौंमैं कस्मेटिक्स ब्यापार गरेर बस्नुभएकी उमा गुरुंग (चित्रमा दायां) ले सो बालगृह र त्यहांका केटकेटीहरूको कथा सुनाउंदा म द्रबिभूत भएं। उहांहरुको कथा यस्तो थियो:
"एकदिन हामीले दांगमा HIV संक्रमित बच्चाहरु विचल्लिमा परेको खबर एउटा पत्रिकामा पढ्यौं। अनि एकदुई जनालाई सहयोग गर्न सकिन्छ कि भनेर उनीहरुबारे बुझ्न गयौं तर बच्चाहरुको बिचल्लि देखेर मन थाम्न सकेनौं र सबैलाई लिएर आउने निर्णय गर्यौं। त्यसमा पछि अरु पनि थपिए। अहिले १० जना बच्चाहरू छन्। महिनाको ५५-६० हजार खर्च लाग्छ। यो घर (चित्रमा देखिएको) पहिले मेरै (राजकुमार पुन) थियो तर यस्ता बच्चाहरुलाई जाउ भन्न नसकिन अनि खर्च जुटाउन पनि नसकिने भएपछि मैले घर बेचिदिएं। अहिले हामी यही घरमा भाडा तिरेर बसेका छौं।
हामीले यी बच्चाहरुलाई विभिन्न सरकारी र निजी विध्यालयमा राख्न खोज्यौं तर HIV संक्रमित भन्ने थाहा पाएपछि कसैले भर्ना लिन मानेनन्। त्यो देख्दा सार्है चित्त दुख्यो। अनि हामीले धेरै दुख: गरेर एउटा 'वैकल्पिक विध्यालय' भन्ने ब्यबस्था हुंदोरहेछ त्यस अन्तरगत 'सफलता HIV शिक्षा सदन' नामक स्कूल दर्ता गरेर उनीहरूलाई यही घरमा कक्षा ५ सम्म पढाउन अनुमित पाएका छौं।
यहां ३ जना शिक्षक/शिक्षीका हुनुहुन्छ र २ जना कर्मचारी हुनुहुन्छ जसमध्ये एकजना आफैं HIV संक्रमित हुनुहुन्छ।
हामीले प्रेसका साथीहरु खासै चिनेका छैनौं तर एकदिन कहांबाट 'यसो गरे कसो होला?' भन्ने कार्यक्रम चलाउने शिलशिलामा केशव स्थापित हामीकहां आइपुग्नुभयो, धेरै ठूलो बाचा गर्नुभयो र हराउनुभयो। तर उहांले हाम्रोबारेमा टेलिभिजनमा चाहिं देखाइदिनुभयो। त्यसपछि इजरेलमा बस्नुहुने नबराज आचार्यले सम्पर्क गरेर पुस्तक विक्री भएको रकम तपाईंसंग पठाइदिनुभएको हो।
हामीले बालगृह चलाउन पालना गर्नुपर्ने सकेजति सबै नियम पालना गरेका छौं। अनुगमनका लागि आउनेहरु खुशी भएर जानुहुन्छ। हामी यी बच्चाहरूलाई अझ राम्ररी हेर्न चाहान्छौं र अरू पनि यस्ता बच्चाहरुको उद्दार गर्न चाहान्छौं तर हामीसंग स्रोतको अभाव छ। मन भएर धन नहुंदाको पीडा यस्तो बेलामा बोध हुंदो रहेछ।"
मैले बालगृहका सबै कोठा घुमें, सफासंग राखिएका थिए। मैले बच्चाहरूसंग कुरा गरें, कसैका बाबु-आमा दुबै HIV-AIDS का कारण वितेका थिए भने कसैका आमा थिएनन् तर ती सबै बच्चाहरु खुशी थिए। तिनले मलाई आफ्नो कथा सुनाए, अंग्रजी/नेपाली गीत गाए र नाचे। अन्त्यमा तीमध्येका एकजना बालकले सुनाएको यो गीत अझै पनि मेरो कानमा गुंजी रहेको छ:
बुवा-आमाको गल्तीले HIV मलाई सर्यो
अबोध बालक थाहा भएन
आज यो नियति भोग्नु पर्यो !
तपाई यी बालबालिकालाई सहयोग गर्न चाहानुहुन्छ भने उमा गुरूंग (9849 09 00 57) या राजकुमार पुन (9841 56 41 69) लाई सम्पर्क गर्न सक्नुहुनेछ।
सबैको मनमा ब्यबहारीक परोपकारको भावना जागृत होस्। सबैलाई खान पुगोस्, दिन पुगोस्!