गजल : By, कल्पना राई"खुशी"

 
हेर्न खोज्छु मन्को घाउ देखिदैन कसै गरी।
लेख्न खोज्छु पिर ब्यथा लेखिदैन कसै गरी।

उडी दिन्छ पापी आत्मा देह याहाँ लास पारी,
छेक्न खोज्छु लाखौं पल्ट छेकिदैन कसै गरी।।

मुड्कि कसी दाँत किट्छु साहसिलो मै हुँ तर,
धर्ती काम्दा आफ्नै खुट्टा टेकिदैन कसै गरी।।
... 
के छ त्यस्तो त्यही यौटा मुहारमा सोच्छु धेरै,
बिम्ब मेटी फाल्न खोज्छु फेकिदैन कसै गरी।।

कति धेरै ओस लाग्यो जिन्दगीमा आँशु खसि,
मन्ले मन सेक्न खोजें सेकिदैन कसै गरी..।।
 कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com