गजल : By, रोशन खड्का



सरकार जनताको, दास हुनूपर्छ।
भ्रष्टाचारी सोचहरु, नास हुनूपर्छ।

नेपालको सिमानामा, हस्त छेप गर्ने,
बिदेसीका दलालको,लास हुनूपर्छ।

हामी सबै, युवाहरु' देश भित्रै बसी ,
स्वदेश मै मेहनत, खास हुनूपर्छ।

अनि मात्र हाम्रो देश, बन्न सक्छ स्वर्ग,
गरीबको आफ्नो-आफ्नो,बास हुनू पर्छ।


बिदेसीको भर कैले, पर्न हुन्न हामी,
स्वदेश मै सुन फल्ने,आस हुनूपर्छ।

रोशन खड्का, सहरे ८ दोलखा।
हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com