सोलुखुम्बु, माघ २३,
सामान्यतया सवारी साधनको प्रयोग गर्ने भनेको गन्तव्यमा सजिलैसँग चाँडो पुगियोस् भनेर हो। तर सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेले बजार पुग्न जिपमा भन्दा हिँडेर चाँडो पुगिन्छ।सदरमुकामबाट नजिक रहेको नेले बजारबाट सदरमुकामसम्म जिपमा आउने जानेहरु प्रायः सबैको यस्तै गुनासो छ।
नेले पुगेर फर्कनुभएका तामाखानीका टेकबहादुर आलेमगरले भने- 'हिँडेर ढिलोमा तीन घन्टा लाग्थ्यो, तर जिपमा चार घन्टाभन्दा बढी लाग्यो। टेकबहादुर जस्तै जुभिङका भद्रवीर राईले पनि दुःखेसो गर्नुभयो- "चाँडो हुन्छ भनेर जिप चढेको, हिँड्दाभन्दा पनि ढिला भयो।'
हिँड्न तीन घन्टा लाग्ने सो बाटोमा जिपभाडा भने रु २५० रहेको नयाँबजारका सोमबहादुर राई गुनासो गर्छन्। नयाँ रुट भएको र सदरमुकामबाट दक्षिण पूर्वी भेगका गाविस अतिविकट भएकाले त्यहाँबाट सदरमुकाम आउनेहरुले रहरले पनि जिप चढ्ने गरेका छन्।
लोखिमबाट सदरमुकाम आउनुभएकी ४२ वर्षीया नौबरी राईले भने- "कस्तो हुन्छ भनेर गाडी चढेको त रु २५० पो लियो, झन्डै लडायो पनि भाडा पनि महँगो भयो।'
हिँड्नुभन्दा जिप चढ्दा ढिला हुनुमा बाटो घुमाउरोभन्दा पनि बाटोको नाजुक अवस्था प्रमुख कारण रहेको छ। बाटो हिलाम्मे भएको र भर्खर मात्र ट्र्याक खोलेको कारण ढिला हुने गरेको जिप चालक भीषण माझी बताउँछन्।
अहिले सल्लेरीबाट नेलेसम्म सिटी भिलेज र हिमगङ्गा यातायात सेवाका जिपहरु भाडामा सञ्चालन भइरहेका छन्।
सिटी भिलेजका काउन्टर प्रमुख छिन्डिल्हमु शेर्पा भने 'बाटो नराम्रो भएकाले भाडा बढी लिनुपरेको हो, जिपमा पनि चाँडै समस्या आउँछ लगानी डुब्ने डर हुँदाहुँदै पनि सेवा दिइरहेका छौँ।'
व्यवसायीहरु कच्ची बाटोमा सेवा दिएको दाबी गर्छन् भने- 'सञ्चालकको मनोमानीका कारण करिब आठ किलोमिटर दूरीको यात्राका लागि रु २५० भाडा तिर्नुपरेको यात्रुहरुको गुनासो रहेको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै