कविता-"मृत्यु र माया" : By, कल्पना राई"खुशी"



एउटा बिम्ब देख्छु/
खुशी,उमङ्ग,...
बढ्छ चाहना सामिप्यताको/
स्वर्गारुपी मनको दरबारमा,
सजाउ झै लाग्छ त्यो मुर्ती,
सदा-सदाको लागी,...

पलमै,अन्धाकार लाग्छ/
भन्भन रिङ्गाटा छुटे झैँ,
झट् झट् मस्तिष्कमा दुखाई,
नसा-नसा ठोक्किएर
बिजुली चम्के झैँ,
मन,मस्तिष्कका सोचहरु,
शुन्य हुदै,मुर्छित हुन्छु/

हुंई,....हुंई,........कराउदै,
एम्बुलेन्स आउछ/
बिधुवाको पहिरनमा चिकित्सक,
स्फ्याग्मो र स्तेस्थेस्कोप,
हातमा र काँधमा झुन्ड़ाई
ठिङ्ग उभिएर नियाल्दैछ,
एक प्रेम रोगीलाई,....

जांच,बुझको अन्तिम परिणाम,
हातमा थमाई,
घोषित हुन्छु,
"मस्तिष्क क्यान्सर"को रोगी,
हा,...हा,...हा,...
हाँसो थाम्नै नसकी,
निस्कन्छु चिकित्सालय बाहिर,...

कसरी क्यान्सर?
क्यान्सरको दुखाई,
अनुभूति हुनै सकेन/
जति दुखायो मायाले,
त्यती नि नदुखाउने क्यान्सर/
म किन डराउ?
यो क्यान्सर बाट,
म मर्दैछु भनि किन रोउ?
किन रोउ कारण बिना?

किन कि,.....
मृत त पहिले नै थिएँ/
बन्चित भएर त्यो माया बाट,
आज यति हो/
सुचना जारि भएको छ,
धड्कन र स्वासको सम्बन्ध बिच्छेद हुने/
म निश्चिन्त छु/
खुशी छु/
कारण,..
त्यो कोमल बिम्ब बोक्ने,
एक छाती खरानी हुदैछ/
हावाको बेगमा,
अस्तु रुपी खरानी,
कण-कण हुदै.........
त्यहि धड्कनमा बस लिन,
हो,
त्यहि धड्कनमा बस लिन,..
त्यहि भएर म किन रोउ?


कल्पना राई"खुशी"
दोलाखा नेपाल
हाल-द. कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com