गाज़ल : By, आरके थापा



मलाई छोडी अन्तै तिर सर्यो नभन्नु ।।
भेटन आउन सकिन म मर्यो नभन्नु ।।

आपसमा दुःख बाडी दुबै खुशी थियौ ,
तिनै खुशी निर्मोहीले हर्यो नभन्नु ।।

मेरो मात्र होईन दोश तिम्रो पनि थियो ,
धोकेवाज खै के के या गर्यो नभन्नु ।।

जिवन भर खुशी दिने बाचा नै तोडी ,
लाचार भै सात समुन्द्र तर्यो नभन्नु ।।

कमल फुलझै मनमा सजियको थेँ ,
अनयासै ओईलियर झर्यो नभन्नु ।।

आरके थापा बोच -दोलखा
हाल , साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com