गजल : By, कल्पना राई"खुशी"



कर्कलो म त जूनको शीत स्वीकारुँ कसरी?
किनारा भएँ नदीको प्रीत स्वीकारुँ कसरी?

झरना जस्तो चाहना बग्दा समीप आएनौ,
चिरिन्छ छाती हर्षको गीत स्वीकारुँ कसरी?

पाउनु मात्रै होईन माया सकिन त्याग्नै पो,
त्यागेर पनि हारमा जीत स्वीकारुँ कसरी?

मर्नु नै बरु सजीलो हुन्थ्यो मदन मुना झैँ,
बाँचेर टाढा हुनुको रीत स्वीकारुँ कसरी?

तिमी नै रोजें जीवन साथी यो जुनी भरिको,
अज्ञात कोही मनको मित स्वीकारुँ कसरी?

 कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-द.कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com