छुटाएरै खुसी हाँसो,रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु ,धुवायो आज तकदिरले
सुनौला कल्पना गर्दै,फुलेथ्यो फूल झैं जीवन
खसालेरै जमिन् तल्मा,कुवायो आज तकदिरले
सगर् छुन्छु भनी हिंड्दा,खपें आपत् विपद् सारा
थचारेरै पूरै लोप्पा खुवायो आज तकदिरले
न पाएँ शान्तिले बाँच्नै,न लियो ज्यान मारेर
घिसारेरै लगी रौरव, छुवायो आज तकदिरले
म को हूँ को थिएँ भन्ने,भयो ऐले कथा जस्तै
घचेटेरै भंगालोमा, डुवायो आज तकदिरले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका