सुँगाले बचायो मालिकको ज्यान तर उसको त्यहीं जल्यो

लन्डन , फाल्गुन २ ,

बेलायतमा एक सुँगाले घरमा आगो लाग्दा इमानदारीका साथ मालिकको ज्यान बचाएको छ । उसले आफ्नै ज्यान भने बचाउन सकेन । डेली मेलको रिपोर्ट अनुसार साउथवेल्सको लानेलीस्थित घरको बेडरुममा आगो लाग्दा घरबेटी बेन रिज बाथरुममा थिए ।

सुरुमा सुँगाले घरको बार्दलीबाट कराईकराई साहुलाई सचेत गराउन खोजेका थिए । नसुनेपछि सुँगाले ज्यानको पर्वाह नगरी बेडरुममा पुगेर जोडले कराएर मालिकलाई सावधान गरेका थिए । उनी बडो मुस्किलले बाहिरिएर सहयोगका लागि गुहार गर्न थाले ।

बेलैमा निस्कन नसक्दा सुँगाको भने आगोमा जलेर मृत्यु भयो । संसारमा इमानदार मान्छे फेला पार्न मुस्किल भइरहेको बेला साँचो मित्र बनेर वन्यजन्तु अगाडि आउन थालेका छन् । कुकुर र बिरालोपछि सुँगाले पनि मालिकप्रति त्यागको उदाहरण प्रस्तुत गरेको छ ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com