लक्सोरमा बेलुन दुर्घटना १९ जनाको मृत्यु

काठमाडौ, फागुन १६,

ईजिप्टको लक्सोर शहरमा उडिरहेको बेलुन दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायत, फ्रान्स, हंगेरी, हङकङ र जापानी नागरिक छन् । 

नाइल नदिनको किनारमा रहेको लक्सोर शहर पर्यटकको महत्वपूर्ण गन्तव्य थियो । जमिनबाट तीनसय मिटर माथि उडिरहेको बेलुनमा एक्कासी आगलागी भएको त्यहाँका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

बेलुनका पाइटलसहित दुई यात्री भने हाम्फालेर बाँच्न सफल भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा २ बेलायती, नौ जना हङकङेली, चार जना जापानी, दुई प|mान्सेली, एक हंगेरी र एक इजिप्टीयन नागरिक हुन् । 

अधिकारीहरुले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । दुर्घटना पछि उक्त शहरका सबै बेलुनका उडान रद्द गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com