काठमाण्डौ माघ २८,
लमजुङको ईशानेश्वर गाउँ विकास समितिमा एक ६९ बर्षिया बृद्धा बलात्कृत भएकी छन् । घरमा आएका एक युवकले मदिरा सेवन गरि आफूलाई बलात्कार गरेको पीडित बृद्धाले वताएकी छन् ।
गत २४ गते वेलुकी घरमा आएर रक्सी खाएका ईशानेश्वर गाउँ विकास समिति वडा नम्बर ८ करापुटारका शशी बास्तोलाले आफूमाथि बलात्कार गरेको पीडित बृद्धाले बताएकी छिन् ।
प्रहरीले बलात्कारको आरोपमा २३ बर्षिय शशी बास्तोलालाई पक्राउ गरेको छ ।
पीडितका आफन्तले उजुरी दिए पछि ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएका प्रहरी टोलीले आईतबार मात्रै आरोपी बास्तोलालाई पक्राउ गरेको हो । पक्राउ परेका बास्तोला र पीडित बृद्धाको स्वास्थ्य परीक्षणका लागि सदरमुकाम वेसीशहरको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकमाथि शारीरिक परीक्षण गरिने र नियन्त्रणमा राखेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले वताउनुभयो । nepalbritain:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै