साउदी अरब फागुन १३,
मेरो भाईको उद्दारमा सहयोग गरिदिनुहुन म पिडितको दाजु बिनम्र अनुरोध गर्दछु मेरो सम्पर्क नम्बर 00971554584768 Dubai ,पिडितको फोन नम्बर 00966593610856 दमाम
वैदेशिक रोजगारका लागि साउदी अरबमा तीन बर्षदेखि काम गर्दै आएका ३ जना नेपाली घरजाने बेलामा कम्पनीले बिचल्लीमा पारेको छ। नेपाल सरकारबाट स्वीकृत पाप्त मेनपावर कम्पनी (Nepal get way overseas pvt.ltd),( Humour overseas pvt.Ltd)र (Star overseas pvt.Ltd बाट दमाममा रहेकोJehan contracting company मा कामको लागि आएका त्यस कम्पनीले रिहाद स्थित पिज्जा ईन रेस्टुरेन्टमा सप्लाएरमा दिईएको कुरा पछिमात्र उनीहरुलाई थाहा हुन आएको थियो। सोहि कम्पनीमा उनीहरु सगै लेबरकोटमा मुद्दा फैसला पछि १२ जना नेपाली नेपाल फर्केका थिए।
तिनै जनाको एक बर्ष देखिको भिषा नरहेका कारण रिहद देखि दमाममा रहेको कम्पनीमा आउन मेनेजरले बोलाएको अबस्थामा नेपाली राजदुताबास स्थित महामहिम उदय राज पाण्डे को सल्लाहा अनुसार भाईहरुलाई दमाम पठाईएको पत्रकार तथा पीडितका दाजु निमकान्त पाण्डेको भनाई छ। जनवरी ८ तारिकका दिन फाइल नम्बर २१ को केस दुताबासमा दर्ता गरिएको थियो भने लेबर कोटले १५ दिन भित्रमा हिसाब सहित टिकट दिएर नेपाल पठाउने फैसला गरेता पनि तेसो हुन् सकेको छैन।
हप्की धम्कीका कारण १२ जनाले आफै टिकट काटी नेपाल फर्केका छन् भने ३ जनाले भिषा नलागेको बापत लाग्ने जरिवाना दुई हजार रियलका दरले आफन्त साथीहरु सित सरसापट गरि बुझाउदा समेत नेपाल जान अझै सकिरहेका छैनन। दुताबासमा दर्ता भैसकेको समस्यालाई लेबरकोटले समेत फैसला गरि सकेको अबस्थामा नेपाली राजदुताबास रिहादले अगाडी बढ्न नसक्नुमा भित्रि रहस्य केहि त छैन भनी संका उजिएको छ । साउदी स्थित एन आर एन एनसिसिकाका प्रबक्ता बिमल गौतमको मिलेमोतोमा साउदी ठगिन पुगेका ति मेरा भाईहरुको तुरुन्त उदार गरियो भनि एन आर एन साउदीमा समेत निबेदन गत महिना नै परि सकेको अबस्थामा के कारण ३ जना नेपाल फर्कन सकिरहेका छैनन आश्चर्यको बिषय बन्न पुगेको छ।
दुताबासमा सम्पर्क गरि बुझ्न सक्नु हुने छ .