ऐतिहासिक सम्पदा र हस्तकला प्रवर्द्धन कीर्तिपुरमा मिनी मेला

र्तिपुर, फागुन १३,

कीर्तिपुर क्षेत्रको ऐतिहासिक सम्पदा र हस्तकलाको प्रवर्द्धन गर्न यहाँ मिनी मेला सञ्चालन गरिएको छ। लायन्स क्लब अफ काठमाडौँद्वारा कीर्तिपुरको बाघभैरव, लाय्कूलगायतका विभिन्न छ टोलहरूमा सञ्चालित मेलामा कीर्तिपुरको ऐतिहासिक जात्रा, पर्व, संस्कृतिको परिचय दिने फोटो, स्वास्थ्य शिविर, हस्तकलाका सामग्री र नेवारी परिकारलगायतका स्टलहरू राखिएका छन्।

मेलाको उद्‍घाटन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धवप्रसाद बाँस्कोटाले कीर्तिपुरका संस्कृतिको प्रचारले यहाँको पर्यटकीय आकर्षण बढाउन सहयोग पुग्ने बताए। नेपाल सरकारका सचिव किशोर थापाले आगामी तीन वर्षभित्रमा कीर्तिपुर क्षेत्रलाई पूर्णरुपमा साक्षर नगरको रुपमा परिणत गर्न आजैदेखि क्रियाशील हुन नगरवासीसँग आग्रह गरे। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com