मोडल प्रेमिकाको हत्याको आशंकामा पक्राउ परेका क्रिकेटरको ब्याट रगतसरि


जोहनेसबर्ग, फागुन ७ ,

प्रेमिकाको हत्या आशंकामा पक्राउ परेका दक्षिण अफ्रिकी एथलेटिक्स स्टार ओस्कार पिस्टोरियसको घरमा पुलिसले रगतमा लतपतिएको क्रिकेट ब्याट भेट्टाएको एक स्थानीय पत्रिकाले जनाएको छ। बिहीबार भ्यालेन्टाइन डेको दिन पिस्टोरियसकी मोडल प्रेमिकाको उनकै घरमा हत्या भएको थियो। 

सुविधा सम्पन्न पिस्टोरियसको घरमा उनकी २९ बर्षे प्रेमिका रिभा स्टिनकाम्प मृत अवस्थामा फेला परेकी थिइन्। हत्याको आशंकामा शुक्रबार ओलम्पिक र पारा ओलम्पिकका चर्चित खेलाडी पिस्टोरियस पक्राउ परेका थिए। 

अनुसन्धानमा सामेल प्रहरीलाई उद्यृत गर्दै सिटी प्रेस पत्रिकाले लेखेको छ, 'स्टिनकाम्पको टाउको पुरै क्षतविक्षत अवस्थामा छ। क्रिकेट ब्याट रगतले लतपतिएको छ।' क्रिकेट ब्याट स्टिनकाम्पलाई आक्रमण गर्न प्रयोग गरिएको थियो वा उनले आफ्नो बचाउमा प्रयोग गरेकी थिइन् भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको बताईएको छ। उनीमाथि चार राउन्ड गोली प्रहार भएको थियो। 

२६ बर्षे पिस्टोरियसले भुलबस हुल्याहा भनेर प्रेमिकामाथि गोली प्रहार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको अनुमानलाई प्रहरीले खारेज गरिदिएको छ। पत्रिकाका अनुसार हत्याका समयमा उनकी प्रेमिकाले रात्री पोशाक लगाएकी थिइन्। 

'सुत्ने कोठामा हानिएको पहिलो गोली स्टिनकाम्पको शरीरको पछिल्तिर तल्लो भागमा लागेको अनुमान गरिएको छ। पहिलो गोली लागेपछि जीवन रक्षाका लागि लुक्न उनी दौडेर शौचालय पुगिन्। त्यसपछि उनीमाथि तीन वटा गोली प्रहार भएको छ,' प्रहरी स्रोतले भनेको छ। 

अपांग भएरपनि गत बर्ष सपांगसँगै लन्डन ओलम्पिकमा भाग लिएपछि चर्चामा आएका राष्ट्रिय नायक पिस्टोरियसबाट संसारका थ्रुपै मानिस प्रभावित भएको विश्वास गरिन्छ। उनै चर्चित खेलाडी पछिल्लो सातादेखि आफनै प्रेमिकाको हत्या अभियोगमा पक्राउ परेका छन्। 

मंगलबार हुने सुनुवाइमा उनले धरौटीका लागि अपिल गर्ने अपेक्षा गरिएको छ, त्यसै दिन उनकी प्रेमिकाको सम्झनामा श्रद्धान्जली सभा समेत राखिएको छ। पछिल्लो बर्षदेखि स्टिनकाम्पसँगको सम्बन्धमा रहेका पोस्टिोरियस आफैले वा अरु कसैलाई हत्या गराउन लगाएको प्रमाणित भएमा उनीमाथि आजीवन कारावासको सजाय हुनेछ। 

प्रारम्भिक सुनुवाइका क्रममा शुक्रबार पिस्टोरियस रोएपछि परिवारले भने उनी निर्दोष रहेको दाबी गरेको छ। 'उनीमाथि लगाइएको आरोपमा कुनै सत्यता छैन भन्नेमा हामी ढुक्क छौं,' पिस्टोरियसका काका अर्नोल्डले भनेका छन्, 'उनी आफैले वा अरु कसैलाई लगाएर मारेको भन्ने कुनै प्रमाण छैन।'जेन्सीए;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com