मन्त्रिपरिषदद्वारा बहराइन र ओमानमा दुतावास खोल्ने निर्णय

`काठमाण्डौ फागुन १०,

मन्त्रीपरिषदको बैठकले खाडी मुलुक बहराइन र ओमानमा दुतावास खोल्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले त्याहा रहेका नेपालीहरुको मागलाई मध्यनजर गर्दै दुतावास खोल्ने निर्णय गरेको सुचना ताथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।

यस अघि त्याहा रहेका नेपालीहरुले साउदी अरब र कतारमा रहेको दूतावासमार्फत दुतावसले गर्ने काम गराउदै आएका थिए । दुतावास खुल्ने भएपछि बहराइनमा रहेका मात्रै ३० हजार नेपाली प्रभावित हुने भएका छन् ।

परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव धनञ्जय झाको नेतृत्वमा गठित कार्यदलले १२ देशमा दूतावास तथा ६ वटा स्थानमा महावाणिज्य दूतावास खोल्न दिएको सुझाव अन्तरगर्त ओमन र बहराइनमा यसै वर्ष दुतावास खोल्ने निर्णय भएको हो ।

यसैबीच आजै बसेको मन्त्रीपरिषदको बैठकले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्त गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राख्ने निर्णय गरेको छ । सरकारले कृषि मन्त्रालय अन्तगतको पशु चिकित्सक परिषिदको अध्यक्षमा धनराज रताललाई नियुक्त गरेको छ भने गरिबी घरपरिवार परिचय पत्र वितरण आर्थिक कार्यविधि २०६९ पनि पास गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com