बोक्सीको आरोपमा मरणासन्न कुटपिट


 माघ २३,

बोक्सीको आरोपमा छिमेकीको कुटपिटबाट सिरहाको ढोढना–२ स्थित ४५ वर्षिया डोमनी चौधरी गम्भीर घाइते भएकी छन् । उनको लहानस्थित फ्रेण्डस मोडल अस्पतालमा उपचार भइरहेको छ ।

उनका छिमेकी रमाकान्त चौधरी लगाएत अन्य पाँच जना गाउँलेले उनलाई कुटपिट गरेका हुन् । उनलाई बिगत केही बर्षदेखि नै बोक्सीको आरोपमा दुःख दिइदै आएको पीडित डोमनीले गुनासो गरेकी छन् ।

बोक्सीको आरोपमा कुटिएकी डोमनी महिला स्वास्थ्य कार्यकर्ताको रुपमा क्रियाशिल थिइन् । तर, बोक्सीको आरोप लागेपछि उनलाई गाउँको आमा समुहले महिला स्वयंसेविकाबाट हटाएको उनकी कान्छी छोरी सन्ध्या चौधरीले बताइन् । उनी गाउँस्तरको महिला मानवअधिकार रक्षकको रुपमा क्रियाशील छन् ।

कुटपिटमा संलग्न आरोपितहरु फरार भएको बताइएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय लहानले खोजीकार्य गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।  डिसीनेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com