छुरा प्रहार गरी श्रीमतीको हत्या
नुवाकोट माघ २५,
नुवाकोट विदुर नगरपालिका वडा नं ६ इनारपाटीमा श्रीमानले आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन्।
घरायसी विवादपछि अणप्रसाद पौडेलले २८ वर्षीया श्रीमती शान्ता पौडेललाई बुधबार छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले जानकारी दिए।
श्रीमती शान्ता पौडेलको घटनास्थलमै मृत्यु भएको गौतमले बताए। श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास गरेका अणबहादुरले आफ्नै शरिर भरि छुरा प्रहार गरेका छन्। उनको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।