पोखरा, १७ फागुन ,
लेकसिटी युथ क्लब लेखनाथ नगरपालिका वडा नं. ७ तालचोकको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘यूथ मुभमेन्ट फर सोसियल चेन्ज’ भन्ने मूल नाराका साथ लेखनाथमा छुट्टै पहिचान बनाएको क्लबले आफ्नो सामाजिक क्रियाकलाप अन्र्तगत उक्त कार्यक्रम गरीएको कार्यक्रम संयोजक सन्तोष थापा मगरले जानकारी दिएका छन् ।
उक्त रक्तदान कार्यक्रमा ३४ जनाले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष जितेन्द्र क्षेत्रीको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुरजजंग राणाले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रमा नेपाली काँगे्रस लेखनाथ सभापती राजेन्द्रमणी लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहन गरुङ, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष शेरबहादुर गरुङ, लेखानाथ उद्योग वाणिज्य संघका महासचिव बाबुराम गिरी, स्थानीय टोल बिकास संस्था, आमा समुह, युवा क्लब, स्थानीय वुद्धीजिवी र समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष भट्टराईले युवाहरुको जाँगरमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा दुईजना अग्रज वयोवृद्ध ८६ बर्षका टेकबहादुर थापा र ८५ बर्षका भाइकु गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साथै सोही कार्यक्रममा नागरिकका लागि निर्भिक पत्रकारिता अभियान सञ्चालन गर्दै आईरहेका डन न्यूज नेशनल डेलीका सम्पादक राजेन्द्र अधिकारीलाई पनि निडर, निष्पक्ष र खोजमूलक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्ने काममा योगदान पु¥याउँदै आएकोमा दोसल्ला ओढाई सम्मान गरिएको थियो । (डन न्युज)