जापानमा प्रजातन्त्र दिवसका अन्तरक्रिया

जापान फागुन ९,

प्रजातन्त्र प्राप्तिको २००७ सालको लडाईमा मूख्य गरी क्रान्तिको नेतृत्वको अभियान नेपाली कांग्रेसले गरेको थियो । साथै, बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरण गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमको सभापति यामलाल कडेलले गर्नुभएको थियो । प्रमुख अतिथिमा महासमिति सदस्य महेश कुमार श्रेष्ठको आतित्थ्यमा भएको थियो । केन्द्रीय सदस्य रामकृष्ण बममल्लको स्वागत मन्तब्य रहेको उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर चापागाई पदमपानीले नेपाली जनताले चाहेको प्रजातन्त्र र शहिदको त्याग बिषयमा नेपाली जनताले १९९७ देखी बिभिन्न तरिकाले शासकहरुको बिरुद्धमा प्रजातन्त्रको निम्ती लडीरहे पनि आजसम्म जनताले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् । 

लड्ने क्रममा शहिदहरुको संख्यामा मात्रै वृद्धि आउनु र देशमा सकारात्मक परिबर्तन हुन नसक्नुले नेपाली जनता निराश भएको भन्दै राजनीतिज्ञहरुले शहिदको भाबना र मर्मलाई बुजेर देश र जनताको हितको निम्ती काम गर्नुपर्ने बताउनुभयो । महाधिबेशन प्रतिनिधि चिरन्जीबी थापाले नेपाली कांग्रेश नै प्रजातन्त्र लोकतन्त्रकोलागि लड्ने नेपालको एक्लो पार्टी भएको र अन्य पार्टीलाई पनि समेट्दै अगाडी बढेको हुनाले प्रजातन्त्र र लोकतन्त्रको संरक्षण नेपाली कांग्रेशले नै गर्नु पर्दछ भन्नु भयो । 

महाधिवेशन प्रतिनिधि शुभास लोहनीले माओबादीलाई पनि मूल धारमा ल्याई प्रजातन्त्र र लोकतन्त्रको अभ्यास नेपाली कांग्रेशले नै गराएको छ भन्नुभयो । अन्य बक्ताहरुमा प्रबक्ता राजेन्द्र जमरकटेल, सल्लाकार भुपी गोबीन्द श्रेष्ट, दण्डपाणी कडेल, प्रेम कडेल र बुद्धी राज घिमीरेले नेपाली जनताले चाहेको प्रजातन्त्र र शहिदको त्याग बिषयमा प्रष्टाउनु भएको थियो । 

प्रमुख अतिथिको आशनवाट महासमिति सदस्य महेशकुमार श्रेष्ठले १०४ बर्षीय जहानियाँ राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापना गराउनुमा नेपाली कांग्रेशको ठूलो भूमिका रहेको स्मरण गराउदै नेपालमा प्रजातन्त्र र लोकतन्त्रको निमित्त नेपाली कांग्रेशले ठूल्ठूला आन्दोलन गरि सफलता हात पारे पनि प्रजातन्त्र र लोकतन्त्रको उचित ब्यबस्थापन हुन नसकेको बताउनुभयो । 
आनन्द बहादुर क्षेत्री, जापान !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com