चोरिए दुर्लभ हस्तलिखित ग्रन्थ

फागुन ९,

सन्तोस आचार्य : सप्तरीको बाबा बरसखण्डी मठमा सिख धर्मसम्बन्धी अति प्राचीन एवं दुर्लभ हस्तलिखित ग्रन्थ थियो। तर, ०४८ सालतिर कालो पारदर्शी पत्थर र गुरुमुखी लिपिमा लेखिएको प्राचीन श्री गुरुग्रन्थ साहिव ग्रन्थ तथा मूर्तिहरू त्यहाँबाट चोरी भयो ।

अहिले त्यहाँ ती दुर्लभ ग्रन्थ नभएकाले सीमावर्ती भारतीय सहरबाट सिख समुदाय यहाँ आउन छाडेको स्थानीयको भनाइ छ । गुरुनानक सम्प्रदायका बाबा मोहनदास वैरागीको कुटी भएको र यहीँ नै उनी समाधिमा लीन भएका थिए । यिनै बाबालाई वरसखण्डी बाबा पनि भनिन्थ्यो ।

यो ठाउँ मध्यकालीन समयको भएको हुन सक्ने इतिहासविद् हरिकान्तलाल दासको भनाइ छ। बरसखण्डी मठदेखि करिब डेढ सय मिटरपछाडि माहुली नदीको किनारमा करिब ६ बिघा क्षेत्रफलमा पुरातात्त्विक ढिस्कोसमेत छ। यही स्थानमा गुरुनानक देव स्वयं समाधिस्थ भएको जनविश्वास रहेको छ।

इतिहासविद् दास भन्छन्, "त्यस स्थलवरिपरि पुराना इँटाका टुक्रा प्रशस्तै पाइने गरेकाले गर्भगृहमा प्राचीन सभ्यताका प्रमाणहरू हुन सक्छन्।" अहिले पनि यहाँ पुरातात्त्विक महत्त्व बोकेका पत्थरहरू भेटिन्छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com